Saturday, December 31, 2011

२०११ मा बढी डाउनलोड भएका ११ सफ्टवेयर

काठमाडौँ, पुस १५ (नागरिक)- डाउनलोड डट कममा यो वर्ष बढी डाउनलोड भएका विन्डोज अपरेटिङ सिस्टममा प्रयोग हुने ११ सफ्टवेयरको सूचि सीनेटले सार्वजनिक गरेको छ। ११ सफ्टवेयरमध्ये ३ वटा त एन्टिभाइरस नै छन्।
च्याट क्लाइन्टहरुमा फरक विशेषताका कारण छिट्टै लोकप्रिय भइरहेको क्यामफ्रगमा भिडियो, अडियो र टेक्स्ट च्याट एकैचोटी गर्न मिल्छ। तर सावधान, यसमा एक्स रेटेड च्याट रुमहरु पनि भएको हुँदा कम उमेरका प्रयोगकर्ताहरुले खोल्दा वा सार्वजनिक स्थानमा खोल्दा अप्ठेरो पर्नसक्छ। त्यसैगरी यो प्रोग्राम इन्स्ट गर्दा कयौँ खालका टुलबारहरु र वेदर च्यानलका विदगेटहरु पनि इन्स्टल हुने गर्छन्। त्यसैले इन्स्टल गर्दा यी सब कुरा ध्यानमा राख्नुहोला।
१० भर्चुअल डीजे कूल डाउनलोड १ करोड ३५ लाख ८० हजार २७४डिजिटल डिजेइङमा रुचि छ? त्यसो भए तपाइँका लागि यो निःशुल्क पाइने सफ्टवेयर निकै उपयोगी साबित हुनसक्छ। डिजेइङबारे केही थाहा नभएकाहरुका लागि भने नजाने गाउँको बाटो नसोधेकै बेस। नयाँ प्रयोगकर्ताहरुका लागि यो सिक्न त्यति सजिलो छैन। तर अलिकति मेहनत गर्नुभयो सिक्न साह्रै गाह्रो पनि होइन।
९ अभिरा फ्रि एन्टिभाइरस कूल डाउनलोड १ करोड ६१ लाख ७५ हजार ९०२कम्प्युटर चलाउनेहरुलाई भाइरसको सबैभन्दा डर रहन्छ। यसैको फाइदा उठाउँदै नेपालमा समेत शुल्क तिरेर मात्र किन्न पाइने एन्टिभाइरस कम्पनीहरुले बजार विस्तार गरिरहेका छन्। तर इन्टरनेटमा निःशुल्क पाइने एन्टिभाइरस पनि प्रशस्तै छन्। त्यही मध्ये एउटा हो अभिरा। यसको १२ औँ संस्करणले इन्स्टल गर्न अझ सजिलो बनाएको छ। दुई क्लिकमा इन्स्टल हुने दावी कम्पनीले गरेको छ।
८ फ्रि युट्युब टु एमपीथ्री कन्भर्टर कूल डाउनलोड १ करोड ६८ लाख १९ हजार ८६७युट्युब विश्वको सबैभन्दा चलेको भिडियो हेर्ने र बाँड्ने साइट हो। तपाइँले आफूलाई मनपर्ने कुनै गीतको भिडियो युट्युबमा भेट्नुभएको छ र त्यसलाई अडियोका रुपमा आफ्नो एमपीथ्री प्लेयर वा आइपड, आइफोन जस्ता डिजिटल डिभाइसमा राख्न चाहनुहुन्छ भने यो सबैभन्दा सजिलो विकल्प हो। यसले युट्युबको भिडियोबाट अडियोमात्र निकालेर तपाइँ सामु राखिदिन्छ।
७ विन रार कूल डाउनलोड १ करोड ८७ लाख ८८ हजार ५३९धेरै प्रयोग हुने आर्काइभ फरम्याटहरुलाई अनप्याक गर्न र कम्प्रेस गर्न यो उपयोगी सफ्टवेयर हो। धेरै प्रयोग हुने दुई फरम्याट रार र जिपमा फाइल कम्प्रेस र अनप्याक गर्न पनि यसमा सहज हुन्छ। ४० दिनका लागि निःशुल्क चलाउन मिल्ने यो सफ्टवेयर लाइसेन्ससहित किन्न २९ डलर पर्छ।
६ मालावेयरबाइट्स एन्टिमालवेर कूल डाउनलोड २ करोड ६४ लाख ३ हजार ५१९तपाइँको इच्छाबिना नै तपाइँको कम्प्युटरका जानकारीहरु अर्कैले प्रयोग गर्न सक्ने गरी प्रोग्रामिङ गरिएका सफ्टवेयरलाई मालवेयर भनिन्छ। यस्तै मालवेयर पत्ता लगाएर हटाउन उपयोगी सफ्टवेयर हो यो। करिब आठ मिनेट स्क्यान गरेर यसले तपाइँको कम्प्युटरमा मालवेयरबारे जानकारी संकलन गर्छ र हटाउने कि नहटाउने भनी तपाइँसित अनुमति माग्छ। यो निःशुल्क प्रयोग गर्न पाइन्छ।
५ टिमभ्युअर कूल डाउनलोड ३ करोड ७६ लाख ११ हजार ६५०तपाइँ पोखरामा हुनुहुन्छ र तपाइँलाई धरानमा रहेको कार्यालयको कम्प्युटरबाट कुनै फाइल आवश्यक पर्‍यो भने के गर्नुहुन्छ? कसैलाई तपाइँको निजी कम्प्युटर खोल्न पासवर्ड दिने? त्यो सही विकल्प नहुनसक्छ। टिमभ्युअर इन्स्टल गर्नुभएको छ भने कसैलाई कम्प्युटर खोल्न मात्र लगाउनुस्, बाँकी सबै काम तपाइँले पोखरामा बसीबसी त्यहाँको कम्प्युटरबाट धरानको कम्प्युटर चलाएर गर्न सक्नुहुन्छ। अथवा कसैको कम्प्युटरमा केही समस्या पर्‍यो र त्यसलाई समाधान गर्न चाहनु हुन्छ भने टिमभ्युअर सही उपाय हुनसक्छ।
४ युट्युब डाउनलोडर ४ करोड ४४ लाख ४ हजार ४७८युट्युबका भिडियो पछि इन्टरनेट बिना हेर्न मिल्ने गरी कम्प्युटरमा डाउनलोड गर्न यो एउटा लोकप्रिय सफ्टवेयर हो। डाउनलोडमात्र हैन यसले मूभ, एमपीफोर, थ्रीजीपी, डब्ल्युएमभी, एभीआई वा एमपीथ्रीमा भिडियोलाई कन्भर्ट पनि गर्नसक्छ। भन्नलाई युट्युब डाउनलोडर भनिए पनि युट्युबमात्र हैन अन्य भिडियो सेयरिङ साइटका भिडियो पनि यसले डाउनलोड गर्न सक्छ।
३ अभास्ट फ्रि एन्टिभाइरस कूल डाउनलोड ४ करोड २३ लाख ९२ हजार २४२यो वर्ष बढी डाउनलोड भएका सफ्टवेयरमध्ये तेस्रो नम्बरमा परेको सफ्टवेयर पनि एन्टिभाइरस सफ्टवेयर नै हो। अभास्टको यो छैटौँ संस्करण हो। यसमा व्यवस्था गरिएको स्त्रि्कप्ट सिल्डले शंकास्पद स्त्रि्कप्ट भएका वेबसाइटहरुलाई लोड हुनबाट रोक्छ। गुगल क्रोम, फायरफक्स र एक्रोब्याट रिडरमा यसले काम गर्छ।
२ एडभान्स्ड सिस्टमकेयर फ्रि कूल डाउनलोड ४ करोड ३१ लाख ९९ हजार ५२८सुरुमा एडभान्स्ड विन्डोज केयर नाम दिइएको यो सफ्टवेयरलाई अहिले एडभान्स्ड सिस्टम केयरको नामले चिनिन्छ। आईओबिट कम्पनीले बनाएको यो सफ्टवेयर कम्प्युटरको परफमेन्स र स्पिडलाई राम्रो बनाउन प्रयोग गर्ने गरिन्छ। यसको काम कम्प्युटर रजिस्ट्री सफा गर्नु, डिफ्र्याग गर्नु र लिङ्क नभएका सर्टकर्टहरु सफा गर्नु हो।
१ एभिजी एन्टिभाइरस फ्रि एडिसन २०१२ कूल डाउनलोड ५ करोड ८८ लाख ४ हजार ८४०यो वर्ष सबैभन्दा बढी डाउनलोड भएको सफ्टवेयर पनि एन्टिभाइरस सफ्टवेयर नै हुन पुगेको छ। एभीजी एन्टिभाइरसको पहिलो संस्करण सन १९९२ मा बजारमा आएको हो। चेक कम्पनी एभीजी टेक्नोलोजिजले विकास गरेको यो सफ्टवेयरलाई १९९७ मा जर्मनी र बेलायतमा बेच्न थालिएको थियो। अमेरिकामा भने १९९८ मा मात्रै यसले बिक्री थालेको हो। विन्डोज, लिनक्स र म्याकमा समेत प्रयोग गर्न मिल्ने यो सफ्टवेयर छोटो समय मै यति लोकप्रिय भयो कि यसको निःशुल्क संस्करण सन् २०११ को सबैभन्दा बढी डाउनलोड गरिएको एन्टिभाइरसमात्र हैन, सफ्टवेयर मध्येकै सबैभन्दा बढी डाउनलोड गरिएको सफ्टवेयर हुनपुग्यो।

११ क्यामफ्रग भिडियो च्याट कूल डाउनलोड १ करोड ३२ लाख ६ हजार ५४१