Friday, February 24, 2012

स्याङ्जा जिल्लाव्यापी पच्यु क्ल्हेप्री तथा चोंकीहरुको भेला

तमु ताँ ट्हों धीं क्होइबो वालिङ समाज सेवा समिति स्याङ्जाको आयोजना र तमु प्ये ल्हु संघ युके शाखाका कोषाध्यक्ष नेत्र टु तमुको विशेष प्रायोजनमा स्याङ्जा जिल्लाव्यापी पच्यु क्ल्हेप्री तथा चोंकीहरुको भेला गत अगष्ट ८ र ९ मा सम्पन्न भयो । स्याङ्जा जिल्लाका विभिन्न गा वि स बाट आउनुभएका २० जना भन्दा बढी खेगी गुरुहरु तथा ठूलो संख्यामा रहेका चोंकीहरुको भेलाले स्याङ्जा जिल्लाको विभिन्न भेगमा विभिन्न तवर बाट चलिआएको र गर्दै आईरहेको 'छ्या' लाई एकरुपता गरी लैजान सहमत भएका छन् ।
कार्यक्रममा वक्ताहरुले समयअनुसार आफ्नो 'प्ये' लाई संरक्षण र सम्बर्द्धन गर्दै परिमार्जन गर्न खेगी पेशालाई सम्मानित पेशामा बदल्न र जिल्लाव्यापी कार्यगत एकता कायम गर्नुपर्नेमा जोड दिएका थिए । त्यसै गरी वक्ताहरुले तमुहरुको संघसंस्थाले भौतिक निर्माणलाई तीब्र पार्दै लगिएको देखिन्छ भने आफ्नो मौलिक संस्कार संस्कृतिप्रति चासो नदिएको आरोप लगाउँदै त्यसतर्फ चासो राख्‍न आग्रह गर्नुभएको थियो । यसै गरी दिनप्रतिदिन ह्रास हुँदै गइरहेको प्ये छ्यालाई संरक्षण र सम्बर्द्धन गर्न भावी रणनीति तयार पारेर मात्र अघि बढ्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।  दुई दिनसम्म चलेको कार्यक्रममा केन्द्रबाट पूर्व महानिर्देशक भोवर पाल्जें तमु पूर्व अध्यक्ष एवं संस्थापक सदस्य क्या. भुवनिसंह च्हाक्ली तमु, अध्यक्ष ले. इन्द्रबहादुर केप्छे तमु, क्ल्हेप्री अध्यक्ष देवबहादुर टु क्ल्हेप्री तमु, पच्यु सचिव ठउबहादुर च्हाक्ली तमुलगायतका व्यक्तिहरु उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रमको अध्यक्षता तमु ताँ ट्हों धीं वालिङ्का अध्याक्ष श्री यामबहादुर तमुले गर्नुभएको थियो भने यस कार्यक्रम लाई सचिव टीकाराज तमु र ईश्वोर तमुले सन्चालन गर्नु भएको थियो । दुई दिनसम्म चलेको सो भेलाले निम्न बमोजिमको घोषणापत्र समेत जारी गरिएको छ ।

                                  स्याङ्जा वालिङ घोषणापत्र २००८ २०६५
विश्व आदिवासी दिवस २००८ २०६५ को उपलक्ष्यमा आयोजित स्याङ्जा जिल्लाव्यापी पच्यु क्ल्हेप्री तथा चोंकी भेलाको सन्दर्भमा
a. आफ्नो मौलिक प्ये ताँ ल्हु ताँलाई मनन गर्दै
b. तमुहरुको दिनानुदिन घट्दै गइरहेको खेगीहरुको अवस्थालाई मध्यनजर गर्दै
c. जिल्लाका विभिन्न भेगमा छरिएर रहेका खेगीहरुलाई एकीकृत गर्ने प्रतिबद्धता गर्दै
d. तमु खेगीहरुको 'प्ये' लाई संरक्षण र सम्बर्द्धन गर्नुपर्ने कुरालाई मनन गर्दै
e. विभिन्न भेगका खेगीहरुको प्ये लाई संकलन र लिपिबद्ध तथा अनुसन्धान गर्नुपर्ने कुरालाई महसुस गर्दै
f. आफ्नो मौलिक संस्कृति एवं चाडपर्वलाई उत्थान र विकास गर्दै
g. स्याङ्जा जिल्लाव्यापी पच्यु क्ल्हेप्री तथा चोंकीको भेलाबाट स्याङ्जा वालिङ घोषणापत्र २००८ जारी गर्दछौं।

१. स्याङ्जा जिल्लाको खेगीहरुमा एकरुपता कायम गर्ने ।
२. तमुको प्ये अनुसार जातीय संस्कार गर्दा समयअनुकूल परिमार्जन गर्दै जाने।
३. हजारौं वर्षको प्ये लाई हटाएर संस्कार गरेमा लङ्गडो हुने भएकोले त्यसलाई अनुसन्धान एवं संरक्षण र सम्बर्द्धन गर्दै अझ परिस्कृत गर्दै जाने
४. मानिस मृत्यु भएपछि एउटा ल्होकोरभित्र पय गर्ने प्रयास गर्दै जाने
५. तमु कर्मकाण्ड गर्दा आजभोलि विकृतिको रुपमा देखिएको आडम्बरी जस्तैः भोजभतेर स्याई स्याई आदिको विकृतिलाई हटाउँदै न्यूनीकरण गर्दै लैजाने
६. व्यापक छलफल गर्दा प्ये अनुसार कर्मकाण्ड गर्दा 'थो' को विकल्प छैन तर छ्यालाई समयअनुकूल क्रमिक सुधार गर्दै जाने
७. प्येको सम्मान गर्दै त्यसअनुसार सबैले आ-आफ्नै भूमिका निर्वाह गर्न प्रोत्साहन गर्ने
८. तमुको आफ्नै मौलिक संस्कृतिलाई सम्मान गर्दै अबदेखि आफ्नै खेगीहरुबाट नाम जुराई थर लेख्दै जाने र हिन्दू गोत्र हाम्रो नभएकाले हाम्रो गोत्रको नाम लिनुपर्दा आफ्नै थर उल्लेख गर्ने
९. तमु जातिको जन्मदेखि मृत्युसम्मको कर्मकाण्डका पुरोहितहरु तमु खेगीहरु नै भएकाले अबदेखि खेगीहरुलाई मात्र प्रयोग गर्ने
१०. स्याङ्जा जिल्लाका विभिन्न ठाउँको प्येहरुलाई संकलन गरी अध्ययन अनुसन्धान गर्दै प्ये र छ्यालाई एकरुपता कायम गर्दै जाने
११. तमुको आफ्नै बोन धर्मअनुसारको चाडपर्वहरुलाई अध्ययन अनुसन्धान गर्दै त्यसअनुसार चाडपर्वहरु मनाउँदै जाने र आयतित चाडपर्वहरुलाई निरुत्साहित गर्दै जाने । त्यसैगरी मुख्य चाडहरु ल्होसार, माघे सक्रान्ति, फागुन पूर्णिमा, चैतको तीन मंगलबार ट्हो त्हें, वैशाख पूर्णिमा, साउने सक्रान्ति साउनको तीन मंगलबार, गैंडु पूजा भदौ पूर्णिमा आदिलाई व्यापक रुपमा मनाउँदै जाने
१२. अधिराज्यभर छरिएर रहेका खेगीहरुलाई एकरुपता कायम गर्न आव्हान गर्दै एकरुपताको लागि यस जिल्लाबाट विशेष भूमिका निर्वाह गर्दै जाने
१३. पितृ र प्रकृति पूजक तमु जातिको बोन धर्म ''तमु बोन धर्म'' भएकाले तमु खेगीहरु पच्यु क्ल्हेप्री र बोन्पो लमलाई सम्मान गर्दै सबैलाई समान व्यवहार गरी सबैलाई अँगाल्दै जाने ।
१४. तमुहरुको एक मात्र धार्मिक आस्थाको केन्द्रविन्दु क्होइबो भएकाले सम्भव भएका सबै गाउँठाउँहरुमा निर्माण गर्दै जाने
१५. तमु जातिको संस्कृतिअनुसार उमेर पुगेका बालक तथा बालिकाको क्रमशः छेवार र ङ्युई चोलो दिने परम्परालाई अझ सशक्त रुपमा अगाडि बढाउँदै जाने
१६. खेगीहरुको पेशा नै संकटमा देखिएकाले चोकीहरुले पनि विशेष भूमिका निर्वाह गर्दै जाने
१७. तमु प्ये ल्हु संघ र तमु छोंज धीं बीच सुमधुर सम्बन्ध कायम गर्दै तमु प्ये ताँ ल्हु ताँको सदुभाव र सम्मान गर्दै एकअर्काले आयोजना गरेको कार्यक्रममा सहयोग गर्दै जाने
१८. नयाँ पिंढीलाई खेगी पेशाप्रति आकर्षित गर्न विभिन्न कार्यक्रम र योजना तयार पार्दै जाने
१९. यज्ञमा बस्दा खेगीहरुलॆ आवश्यकताअनुसार खेगी तथा तमु भेषमा कार्य गर्नुपर्ने ।
२०. डा.हर्क ल्हेंगे तमुलाई राष्ट्रिय विभूति घोषणा गरियोस् ।

              यसरी यी माथिका बुंदाहरुलाई समेटेर तयार परिएको घोषणापत्र भेलमा उपस्थित सम्पुर्ण खेगि र चोगीहरुलाई एक एक कपी बुझाईएको छ । सो भेलामा बिभिन्न गाउं ईकाईहरुबाट उपस्थित सम्पुर्ण खेगि र चोगिहरु लगायत बिभिन्न संघ संस्थाबाट आउनुभएका तमु बुद्धिजिबीहरु, केन्द्रबाट आउनु भएका पधाकारी ज्युहरु, तमु पत्रकार साथिहरुमा आफ्नो निमन्त्रणलाई स्विकार्नु भई भेलामा आईदिनु भएकोमा धन्यावाद दिंदै आयोजक समिति तमु ताँ ट्हों धीं क्होईबो शाखा वालिङ्का सम्पुर्ण कार्यसमितिहरुलाई सो दुई दिने भेलामा टाढ टाढ बाट आउनु भएका पाहुनाहरुलाई खानापीना र होटेलको बन्दोवस्थ मिलाईदिनु भएकोमा धन्यावाद दिंदै, आउंदो दिनहरुमा समय समयमा यसरी खेगिभेलाको आयोजना गर्दै गएमा खेगिहरुको हउसला बढने र तमुहरुको हराउंदै गईरहेको प्ये छया संस्कृति संस्कार परम्परा को सम्रक्षण र सन्बर्दन गर्दै यस्को प्रचार प्रसार उत्थान र बिकासको लागि ठुलो टेवा पुग्ने कुरा बताउंदै, तमुहरुको प्ये र छया अन्तर्गत आउने कतीपाए कुराहरुमा खेगिहरुले मात्रै नभएरा चोगिहरु, समाजमा रहेका गन्ने मान्नेहरुले पनि बुझ्नु पर्ने बताउंदै तमुहरुको प्ये र छया अन्तर्गतका कुराहरुलाई परिबर्तन होईना परिमार्जन गर्दै लैजानु पर्ने बताउंदै भेलामा उपस्थित सम्पुर्ण तमु बन्धुहरुलाई तमु प्ये ल्हु संघ ईकाई शाखा यु के का कोषाध्यक्ष तथा यस भेलाका प्रायोजक नेत्र टु तमुले धन्नेवाद दिनुभएको थियो । अन्तमा तमु ताँ ट्हों धीं क्होईबो वालिङ्का सम्रक्षेक तथा महानिर्देशक लेफ्टेनेन्ट यामबहादुर तमु तथा सभाका सभापती आध्यक्ष याम तमुले भेलामा उपस्थित टाढ टाढबाट पाल्‍नुभएका सम्पुर्ण तमु बन्धुहरुलाई धन्नेवाद दिनुभई सभालाई बिसर्जन गरेका थिए ।

खडक प्‍हच्‍यु तमु
बरिष्‍ठ तमु पत्रकार
तमु प्‍ये ल्‍हु संघ केन्‍द्र शक्‍तिघाट पोखरा
नेत्र टु क्‍ल्‍हेप्री तमु
कोषाध्‍यक्ष
तमु प्‍ये ल्‍हु संघ ईकाइ शाखा युके

Tuesday, January 3, 2012

बुद्ध धर्ममा पञ्चशीलको महत्व र आवश्यकता

  1. प्राणी हिंसा नगरिँदाका दशवटा फल
    •  अङ्ग प्रत्यंग परिपूर्ण भएको शरीर हुनेछ ।
    •  स्वच्छ र सुन्दर शरीर हुनेछ ।
    •  हेर्दाखेरि नै मनलाग्दो सुन्दर रुप भएको हुनेछ ।
    •  शूर वीर हुनेछ ।
    •  बल शक्तियुक्त हुनेछ ।
    •  अर्काको हातबाट मर्नुपर्नेछैन ।
    •  परिवारमा सदस्य बढ्नेछ ।
    •  रोग ब्याधि कम हुनेछ ।
    •  मनपर्नेहरुबाट वियोग हुनुपर्नेछैन ।
    •  दीर्घायु हुनेछ ।
  2. चोरी नगरिँदाका चारवटा फल
    •  धन सम्पत्ति पूर्ण हुनेछ ।
    •  भएको धन सम्पत्ति स्थिर हुनेछ ।
    •  इच्छा गरेको वस्तु सजिलैसित प्राप्त गर्न सकिनेछ ।
    •  राजा, पानी, आगो, चोर र शत्रुहरुबाट केही गर्न नसकिने रुपबाट धन प्राप्त भइरहनेछ ।
  3. व्याभिचार नगरिँदाका सातवटा फल •  शत्रु भनेकै नभई सबैसंग हेलमेल हुनेछ ।
    •  सुखपूर्वक सुत्न सक्नेछ ।
    •  सुखपूर्वक उठ्न सक्नेछ ।
    •  स्त्रीभाव र नपुंसकभाव हुनबाट बच्नेछ ।
    •  चारवटा दुर्गतिबाट बच्नेछ ।
    •  इज्जत हुने गरी स्त्री-पुरुषका परस्परमा प्रेम भइरहनेछ ।
    •  धन्दा सुर्ता नभई सुखपूर्वक बस्न सक्नेछ ।
  4. झुठ कुरा नबोलिँदाका पाँच फल •  विशेषरुपले आँखा आदि इन्द्रिय सुन्दर हुनेछन् ।
    •  तल माथि नपरी क्रमबद्ध मिलेका दाँत हुनेछन् ।
    •  दुब्लो मोटो नभई ठिक्कको शरीर हुनेछ ।
    •  कमलको फूल झैँ सुगन्धित वास्ना आउने मुख हुनेछ ।
    •  नोकर चाकर र परिवारहरुले उसको कुरा सुन्नेछन् ।
  5. सुरापान नगरिँदाका नौवटा फल •  गर्नुपर्ने काम सबै विस्मृत नभई सजिलै नै याद हुनेछ ।
    •  अलसी हुँदैन ।
    •  लाटो र गोंजेंग्रो हुनेछैन ।
    •  ज्ञान बुद्धि भएको हुनेछ ।
    •  ईर्ष्या गर्नेबाट रहित हुनेछ ।
    •  बेहोश हुँदैन ।
    •  शान्त स्वभावको हुनेछ ।
    •  नराम्रो काममा लाग्न लज्जा भय हुनेछ ।
    •  इज्जत हुने कुरामात्र गर्ने बानी भएको हुनेछ ।  
पन्चशिलको पालना नगर्दा हुने बेफाइदाहरु:
  1. प्राणी हिंसा गर्दाका उन्नाइसवटा विपाक •  मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी अति नै दु:ख कष्ट भोग गर्नुपर्नेछ ।
    •  नरकबाट मुक्त भएर मनुष्य जन्म लिन पाए पनि अङ्ग-प्रत्यङ्गहीन भई जन्म लिनुपर्नेछ ।
    •  सुन्दर रुप नभई विरुप भई जन्म लिनुपर्नेछ ।
    •  हात, खुट्टा टेढो भई दुर्बल भई जन्म लिनुपर्छ ।
    •  खुट्टाको औंलाको टुप्पामा कुष्ठरोग सहित जन्म लिनुपर्नेछ ।
    •  जसजसले देख्छ-त्यसत्यसले प्रत्येक देखाइमा रीसले देख्नेछ ।
    •  नरम शान्त स्वभाव भन्ने हुँदैन ।
    •  रुप लक्षणको नभएर अलक्षणको हुनेछ ।
    •  सभाको बीचमा शूरु नभएर काथर हुनेछ ।
    •  बोल्ने बेला स्पष्ट कुरा गर्ना नसक्नाले थुप्रै मान्छेले गिज्याउनेछन् ।
    •  बल शक्तिहीन हुनेछ ।
    •  लाटाले जस्तो कुरा गर्नेछ ।
    •  दाजु-भाई, इष्ट-मित्र परिवारहरु नाश भई एक्लो दु:खी जीवन बिताउनुपर्नेछ ।
    •  आफूलाई फाइदा हुने काम खोज्न जाँडा अलसी लाग्नेछ ।
    •  दु:खपूर्वक धनधान्य अन्न अलिकति संचय गरिराखेको पनि परजनहरुले ठगी वा खोसी   खाइदिनेछन् ।
    •  अरुको छ: प्रकारको प्रयोगद्धारा मरण हुनेछ ।
    •  आफ्ना अति नै प्रिय भइराखेका स्वास्नी र छोरा-छोरीहरुसंग अलग भइ बस्नुपर्नेछ ।
    •  आमाको गर्भमै बसी मरण हुनुपर्नेछ ।
    •  जन्म भएको नौ दश वर्षभित्रमा मरण हुनुपर्नेछ ।
  2. परधन चोरिँदाका सातवटा विपाक •  मरेपछि नरक, प्रेत, तिर्यक र असुर अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी ठूलो दु:ख कष्ट भोग्नुपर्नेछ ।
    •  मनुष्य भएर जन्मँदा पनि दरिद्र दु:खी भई बस्नुपर्नेछ ।
    •  अति नै दु:ख कष्ट भोगी दुई चार पैसा कमाइराखेको धन पनि स्थिर हुँदैन ।
    •  दुई चार पैसा पनि अति नै दु:ख कष्ट भोगेर मात्र प्राप्त गर्न सकिनेछ ।
    •  राजा, पानी, आगो, चोर र शत्रुबाट भय उत्पन्न हुनेछ ।
    •  संसारमा जातमध्ये नीच जात भएका कुलमा जन्म लिई दु:ख कष्ट भोग्नुपर्नेछ ।
    •  खाने, पिउने केही नभई भिखारी बनी भिक्षा मागी खानुपर्नेछ ।
  3. व्यभिचार गर्दाका सातवटा विपाक •  मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी धेरै समयसम्म ठूलो दु:ख भोग्नुपर्नेछ ।
    •  धेरै प्राणीहरुका शत्रु भई बस्नुपर्नेछ ।
    •  धेरै मानिसहरुबाट मन नपराई अप्रिय भई बस्नुपर्नेछ ।
    •  परजनहरुबाट खाने, पिउने, लाउने नपाई त्यसै बस्नुपर्नेछ ।
    •  सुखपूर्वक सुत्न पाइनेछैन ।
    •  सुखपूर्वक उठ्न पाइनेछैन ।
    •  नपुंसक भई जन्म लिनुपर्नेछ ।
  4. असत्य कुरा गर्दाका सातवटा विपाक
    •  मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी अति नै दु:ख कष्ट भोग्नुपर्नेछ ।
    •  नरकबाट मुक्त भई मनुष्य भई जन्मेता पनि नीच कुलमा जन्म भई विरुप हुनुपर्नेछ ।
    •  लाटो बक नफुट्ने भई जन्म लिनुपर्नेछ ।
    •  दाँतको पंक्ति बाङ्गो टिङ्गो परी प्रष्टरुपमा कुरा गर्न नसकिने हुनेछ ।
    •  शरीर अति मोटो तथा अति पातलो अथवा अति भद्दा र पुड्को भई जन्म लिनुपर्नेछ ।
    •  अति नै दुर्गन्धित शरीर हुनेछ ।
    •  आफूले गरेको पराजनहरुद्धारा सुन्नमा मन लगाइने छैन ।
  5. सुरापन गर्दाका बीसवटा विपाक
    •  मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी ठूलो दु:ख कष्ट भोग्नुपर्नेछ ।
    •  नरकबाट मुक्त भई मनुष्यलोकमा जन्म हुन आएतापनि हेतुफललाई केही नबुझी ज्ञानबुद्धिहीन भई जन्मनुपर्नेछ ।
    •  ज्ञान बुद्धि नभएका मूर्खहरुसँग सत्संगत गर्नुपर्नेछ ।
    •  सधैं स्मृति विहीन भई बस्नुपर्नेछ ।
    •  सधैं अलसी भई बस्नुपर्नेछ ।
    •  सधैं मूर्ख बदमास भई बस्नुपर्नेछ ।
    •  जहाँ जहाँ जन्म हुन्छ त्यहाँ त्यहाँ बहुलाउनुपर्नेछ ।
    •  समाधि नभएको (चित्तस्थिर नभएको) भई मनुष्यगति नाश भई बस्नुपर्नेछ ।
    •  अति द्धेषी र अति क्रोधी भई जन्मनुपर्नेछ ।
    •  हात खुट्टा शरीर सुन्निएर अति नै गह्रौं शरीर भई बस्नुपर्नेछ ।
    •  राजा, पानी, आगो, चोर र शत्रुबाट भयभीत भई बस्नुपर्नेछ ।
    •  बांगो मन, ईर्ष्यालु चित्त भई जन्मनुपर्नेछ ।
    •  असत्य कुरा गर्ने हुनेछ ।
    •  अरुलाई चुग्ली गर्ने हुनेछ ।
    •  परउपकारलाई नचिन्ने हुनेछ ।
    •  दान गर्न नजान्ने, शील पालन गर्न नजान्ने भई जन्मनुपर्नेछ ।
    •  पाप गर्नमा लज्जा नभएको र पापदेखि नडराउने हुनेछ ।
    •  सम्यक् मार्ग नदेखी मिथ्यादृष्टिक हुनेछ ।
    •  उपकार हुने काममा बुद्धि भ्रष्ट भई बस्नुपर्नेछ ।
    •  दुष्ट र नीच कर्म गर्ने हुनेछ ।
सन्दर्भ सामग्री: परियतिशिक्षा । The Sherpaworld.com

बुद्ध धर्ममा कर्मकाण्ड वाङ

भावसागर पर्ुण्ालोकको समस्त प्राणीहरु सदा सद्ागरुको शरणम जान् छु र जानुहवोस् । मानिसहरु मध्येको श्रेष्ठ भगवान बुद्धको शरणमा जान्छु जानुहवास् । शान्ता बिरगहरु मध्येको उत्तम सदर््धर्मको शरणमा जान्छु जानुहवास् ।सद् संघहरुको मध्येको उत्तम आर्यसंघको शरणमा जान्छु जानुहवास् र्।र् इष्ठ कुल देव देवी महाशक्ति मन्डलहरुको शरणमा जान्छु जानुहवास् ।दशै दिशाको बुद्धहरुको शरणमा सद्भाव करुण चित्तउत्पाद् गर्न सकोस । हामीले दान र बिन्ति भाव गरेको फाल्ने सम्पर्ण्र्ाा्राणीहरुले बुद्धमार्ग दर्शन गर्नै सकोस। समस्ता प्राणीहरुको शान्ति र सखको कर्मभोग गर्न पाउन् । दुस्ख र पिडाको भय कु कर्म काण्डाहरुबाट शीग्र मुक्त होस। कुनै पनि प्राणीहरुलाई भेदभाव दुबिद नहोस । सामन्त शुब्यबस्था गर्न

पाइयोस । मानाब प्राणाीहरुलाई क्षमा गरी शान्तिको उर्जा शक्ति प्रदान गरी रक्ष गरुन्। नमो गुरुबुद्ध, नमो गुरु धर्म,नमोगुरु संघ । तपाईलाई प्रसंसा र प्र्थाना गरेको शक्तिले हामी सबै जहां जुन दिशा जस्तो आवस्थामा रहेता पनि ग्रह,भोग, गरिबी र लर्डाई झगडा अशान्तिहरु सबै शान्त भई समंगल बृद्धि भएर बुद्ध धर्म र संघको मार्गमा जान सकोस्। ब्ाौद्ध धर्मलम्बीहरु जन्म,जात,र हाढको मासु देखावाटी मात्रा बौद्ध नभई तन,मन,बचन भित्रबाट उत्पाद् भएको हुनु पर्दछ । बुद्ध धर्म र संघको शास्ानलाई र त्यसको नियम शिल पालना गर्ने श्ािष्य र संघको महत्वलाई बुझेका सैद्धान्तिक नैतिक बौद्ध हुनु पर्दछ। नर्र्बिसौ दानावता मानब जीबन सफल पार्न बुद्ध धर्म र संघ प्रति उ्रेरित भई मनको भावमा बैराग र करुण उत्पाद् गरी र्सबप्राणलिाई समानदृष्टिले देख्नु सक्नु पर्दछ । बौद्ध बिधान अनुशार शुरुमा त्रिशरण् गमन् साथै पंचशील दिक्ष्ँा ग्रहन गरी त्यसलाइ निरन्तर पालन गर्न र गर्नुपर्ने दश कुशल कर्म लिने र दश अकुशल कर्म तिनीहरुको दोष अवगुण बुझेर त्यग्ने सम्बर सील राम्ररी लिने कुशल कर्म हो । त्रिरत्न पाठ अझै देखि म बुद्ध रत्नको शरणमा जान्छु । भनि उक्त पाठलाई हृदय देखी सत्ा्भाव ब्याक्tm गर्नर्ुपर्दछ । त्यसै गरी भगवान मलाई अनुकम्प गर्नुहवस् । म अमुक अज्ञान मानिसलाई आजदेखी जीबन पर्यन्त सम्म द्धिपद् मानिसहरु मध्येको श्रेष्ठ भगवान बुद्धको शरणमा जान्छु । शान्त र बिरथहरु मध्येका उत्तम सदर््धर्मकोे सरणमा जान्छु । आर्यसंघको शरणमा जान्छु ।आजदेखी मलाई जीबन पर्यन्त सम्म त्रिरत्नको सरनमा जानु स्वीकार गरेको उपाशकको रपमा अनुग्रहन गर्नुहोस भनि प्रथाना पाठ गर्नर्ुपर्छ र गुरुले आफुलाई स्वीकारेको ठान्नु पर्दछ। शील प्राप्त भएको मनन् गर्नर्ुपर्दछ । भगवान बुद्धलाई बौद्ध गुरुको रुपमा बुद्ध धर्मलाई आजम्बरी बुटी औषधीको रुपमा र बुद्ध संघलाई रोगीहरुको सेवकको रुपमा बुझौ र आफुलाई सिकिस्त रोगी ठानेर सो धर्मलाई ग्रहन सेवन गरी त्यसबाट स्ाम्पर्ुण्ा रोग र दोषहरु मुक्त हुन्छ भन्ने बिचारले बुद्ध धर्म र संघको शरण्मा जानु पर्दछ । बिशेष बौद्ध धर्मको प्रबेशद्धार त्रिरत्न शरण र तन्त्र शुत्र मन्त्रको प्रबेशद्धार अभिशेक-वाङ) हो । त्यसलाई बौद्धहरुको बिधान वा नियम शिक्षासम्बर र सील पनि भनिएको छ । यसर बुद्ध धर्म र संघको शरणमा गई त्रिशरण

र पंचसील ग्रहन गरेपछि बुद्ध धर्म र संघको शरणमा गई त्रिशरण र पंचशील ग्रहन गरेपछि बुद्ध धर्म र संघका कुनेै पनि कार्यहरु गर्दैन भनि प्रतिज्ञा गर्नपर्दछ । अर्थात म बुद्धरत्नाको शरणमा भोग र बलि खाने लोकिक संसारीक देवदेवी भन्ने हरुलाई नढोगने बचन दिनु पर्दछ । म्ा धर्मरत्नाको शरणमा गएपछि प्राणी हिंसा र अरुको अहित हने कर्मा गर्दिन ।म संघरत्नाको शरणमा गएपछि अन्य तैथिक जोगी साधहरको संगत गर्दिन भनि त्यगी सिल सम्भर ग्रहन गर्दछ आजैबाट भगवान बुद्धको सत्य गणलाई आदर गर्दछ । आजैबाट म सधै सत्य धर्म को गुण स्मरण गर्दछु । आजैबाट सदसंघको गुणलाई शिरोपर गरी जीबन पर्यन्तसम्म बुर्द्धधर्म र संघको आदर गर्दछ ।आजैका दिन देखी म कहिले पनि बुर्द्धधर्म र संघको बिरोध हने कुनैपनि कर्महरु गर्ने छैन र बुद्धको प्रतिमा, मर्ुर्ति थान्का चित्र र र प्रतिबिम्ब हरुलाई समेत बुद्धरत्नकै संज्ञा दिइ आदर सत्कार गर्दछु । त्यस्तै आजै देखि म रोग,दोष र चाहनाहरु ति तिन महाबिषयहरुलाई त्यगी अरुको धन स्ाम्पती चोर्दिन ,अरुको स्त्री र छेराछोरी माथि ब्यबीचार गर्दिन र म कसैलाई पनि ठगी र अरुलाई चोट पुग्ने असत्यकुराहरु ब्ाोल्दिन म जांड रक्सी र कुनेेै पनि दर्ुर्ब्यसन उन्मात् लागु औेषाध् र मनलाई दुषित पार्ने खालको पदार्थहरु सेवन गर्दिन भनि बचन बाचा गर्दछु । साथै पंचशील पाठमा १) हिंसा,प्राणी हत्या र अरुको अहित हने काम गर्ने छैनं२) चोरी,अर्काको अनुमति बिना अर्काको सामन लिने खोस्ने गर्दिन ३) झुठो र अरुलाइ भ्रममा पर्ने कामहरु गर्दिन ४) ब्यबीचार अर्काको श्रीमति र चेलीबेटीहरुलाई हातपात गर्दिन ५) माधक पर्द्दार्थ सेवन ,नषालु पर्द्दार्थ सेवन, लागु औषध वा मनलाई दुषित पार्ने मगज ब्रि्रने र पागल हने पदार्थहरु सेवन गर्दिन ।भनी शिल लिनर्ुपर्दछ। कुलतको लागि धुम्रपान र मधपान नै सम्पर्ण्र्ााापहरुको मुल जरो हो ।सम्पर्ुण्ा दोष र अपत्तिहरुलाई निम्ताउने मुलकारण हो भनि सुत्रहरुले लेखेका छन् । सज्जन मानबहृरुले यस कुरालाई प्रथामिक दिएर आफु बचाओ र अरुलाई पनि बचाऊ । यदि सज्जन भिक्षु वा लामा गुरु पुरोहितहरुले जानीजानीगरेको ज्रि्रोर् इन्द्रियको स्वाद् चाहनाल र्ेर्निदोष प्राणीहरुको हत्या गरेको मासु,जांड,रक्सी र धुम्रपान गरेमा महा पाप जीबनमा मात्र नभई असंख्य जुनी महा बज्र नरक मुनि थिचिनु पर्ने देखिन्छ । वाङ थाप्नु भन्दा सील पालन गर्न निकै ठुलो धर्म हो । र पहेलो रातो पोशक लगाउदैमा भिक्षु लामा खेन्पो र गेश्य हुन्दैन । त्यहां तपश्य गर्नै पर्छ । तन्त्र कुरो नबुजेमा माछा बल्छीमा र जन्तुहरु पाशोमा परे झै पापको जालमा फस्ने छ । शीलाको नियम पालान गर्ने सक्षम सजन लामाहरुले समाजमा बिकृति र पापहरु नफैलियोस सबैका लागि शान्ति छाओस् भन्नका लागि गुफा बसी साधना गरी ६ लोक कै समस्त प्राणीहरुका निम्ति प्रतिज्ञा सीलको नियम बसी कठोर त्याग त्ापश्य गर्दछ ।
वाङ अर्थात बुद्धको बीऊ करुण सत्य मार्ग दर्शन धर्मको बीऊ उर्जा प्रभाव शक्ति । संघको बीऊ सत्भाव बिश्वास का आदर हुन । बुद्धका गुणहरु र्सर्ुय र किरण जसरी हाम्रो चित्त सन्तति मा सहज सिद्ध रुपमा सम्पन्न छ ।त्यसै हुनले हाम्रो कार्य वाक र चित्तरुपी तिनधारालाई त्रिकायको रुपमा बिभाजन गरेको देखिन्छ । कायको स्वभाव करुणामय भएको काय हो ।वाक को स्वभाव प्रभश्कार भएको सम्भोक काय र चित्तको स्वभाव शुन्य भएको धर्मकाय हो । त्यस्तै काय शरीरिक तीन कुशल कर्म वाङ । वाक चार कुशल कर्म वाङ हरु र चित्तका कर्म तीन कुशल कर्म वाङ गरी धेरै प्रकारका वङहरु हन्छन । बिशेष ४ प्रकारका वाङहरु छन्।१ बमवाङ मा २५ प्रकारका जढीबटीहरुबाट मिसाएर बनाएको सुत्र मन्त्रबाट जगाई अमृतयुक्त जलले तन् मन् बचन्लाई शुद्ध पारी सम्पर्ुण्ा पाप दोष मुक्त होस भनि बमवाङ थाप्ने गरिन्छ ।
२ साङ वाङ मन बाट हुने, बोलीबाट,शरीरबाट गरिने सम्पर्ुण्ा पाप दोष मुक्त होस भनि साङ वाङ थाप्ने गरिन्छ । ३ श्यारवङ अनादि काल देखि जानी नजानी गरेका
सम्पर्ुण्ा पाप दोष मक्त होस भनि श्याङ वङ थाप्ने गरिन्छ । ४ छिक वाङ तन् मन् बचन् पबित्र भई स्मरण शक्ति चेतना बोधी चित्त उत्पाद करुण जगाउन ज्ञानको सुमार्ग दर्शन प्राप्त गर्न,कुनै भयत्राशहरुबाट मुक्तभई शान्ति र दर्ीघायु रहनाको लागि छिक वाङ थाप्ने गरिन्छ । बिशेष वाङ गोपनिय साधक त्यगी भिक्षु लामाहरुको संसारिक कर्मकाण्ड गर्न आवश्यक अधिकार र प्राकृतिक उर्ज, शक्ति आर्जन विजोलमा धानबाट परम गरु इष्टदेब ,शान्तिदेब,क्रोधीदेब,डाकडाकिनीर्,धर्मपालहरुसंग सम्बन्धित बिभिन्न देवादेवी मण्डलरुको साधान गनैपर्ने र बुद्धत्वको कोध गरि भाव सागरमा मक्त मोक्षको निम्ति योग साधनमा लागि पर्ने ज्ञानी धनीहरुलाई मात्र बिशेष वाङ दिने गरिन्छ । लुङ ४ प्रकारका हन्छ। वाङ प्रदान गरेपछि धर्मशत्रका मन्त्रहरु सुनाउंछ जसलाई लुङ भनिन्छ ।१ यसै धर्मदेशनलाइ निरन्तरता दिइ सक्षम दिगो बनाउने देशनहरु २ पुजनिय गुरुकोे मुखबाट बचन आर्शिबाद र बचन शिरोपार गर्ने देशनहरु ३ बुर्द्धधर्म र संघको नियम सील पालना गर्ने क्षमता प्रदान गर्ने देशनहरु ४ सत धर्म कर्मको लागि भत्तिः र चित्त उत्पाद गर्नेर गरुको आदेश शिरोपर गर्ने देशनहरु।बद्ध धर्मको परिधि भित्र रही बिशेष शिक्ष प्रप्ता गरेका ब्यक्तिहरुलाईलोब्पेन गुरुलामा र खेन्रिम्पोछे भनि बिशेष आसन ठी बनाई राखिन्छ । व्ााङ को लाभ र हानि वाङ लिने र दिने दुबेैमा छ र लिनमा धेरै गा ह्रो छ आफना आंखा र मुटु दबै जिकेर अरुलाई दिन जस्तै हो ेदिनेले पनि जथाभवी दिने र लिनेले पनि जथाभवी लिनु हुन्दैन महा पापको भार पर्नेछ । पहिला पहिला खुल्लरुपमा वाङ दिने चलन थिएन हाल आएर पश्चिमी देशहरुमा जथाभवी खुल्लरुपमा वाङ दिएको पाइयो र यो संसार भरी बिकृतिको रुपमा देखँ पर्यो । भगवान बुद्ध भन्न हुन्छ कि वाङको जरो सत्भव सीलाको पालन गर्न सक्न बुद्ध पर्छ गुरुले के दिनु भो आफुले के पायो भन्ने कुराको मनन् गरि साधानको सदुपयोग गर्नुपर्छ हैन भने अनार्थ भई महा पाप लगि १८ नरक भोग गर्नपर्छ भनिएको छ । वाङ थाप्न राम्रो कुरा हो तर जो जससंग सम्बन्ध छ त्यसलाई मात्र शीलको नियम पालनको निम्ति र त्यसको निम्ति वाङ दिनुहोस सदर््धर्मको सपथ बाचा बन्धन हो । गुफा बस्न सक्नु पर्छ जानीबझी कस्तो प्रकारको गुरु हो बझ्न सक्न पर्छ।गरुको परीक्ष्ँा नगरे बिष सेवन गरे जस्तो,शिष्यको परीक्ष्ँा नगरे भीरमा हाम्फाले जस्तो वा वालवामा पान हिाले जस्तो हनेछ भन्नभएको छ ।
शिद्धिपर्ुण्ा काम गर्नको निमित्त सत् गरुको आर्शीबादं-वाङ,लङ र ठी)अभिशेक दिक्ष र प्रशिक्षण बिना केही पनि चल्दैन यो धर्मशत्रको नियम हो । कुनेै पनि धर्म भित्र र बहिर गुरुबिना कार्य अन्धकार हुन्छ । बैोद्धहरु आफुलाई बुद्ध धर्म र संघ बिधामान रहेको आवस्थामा आफु मनुष्य भावमा प्रस्तुत गर्न पाउंदा अत्यन्त सौभ्ाग्यशाली र स्वर्ण्र्ााावसरमा जन्मेको मनन् गर्नपर्छ । यो समय पर्ुव जन्मको धर्मकर्मको फल हो फेरी फेरी पर्ुनर्जन्म हुन गा ह्रो छ । कसैले भन्छ होला कि म आकाशबाट फत्त झरेको हुं तर होइन अमुल्य मानब जीबन हावाको तालमा गुमाउन दर्ुभाग्य हो र जीबनको सदुपयोग गराऔ । अरुको भर नपराऔ । माथिका कुराहरुलाई मनन् गरी समस्त बौद्ध धर्मवालम्बीहरु को मनमा चेतना जगाऔ महत्वपर्ण्र्ााोधिचित्त उत्पति नभएको भए सबै उत्पति होस् उत्पाद् भएको नाश भ्ाएर उत्तरोत्तर फैलिरहोस् । मैले वाङको बारेमा संक्षिप्तमा लेखेको छ मलाई कुनै दोष नलागोस भन्दै सत्गुरुहरुलाई क्षमा मग्दै नमो गुरु ओ मणि पद् मे हुं ।
The Sherpaworld.com