Tuesday, January 3, 2012

बुद्ध धर्ममा पञ्चशीलको महत्व र आवश्यकता

  1. प्राणी हिंसा नगरिँदाका दशवटा फल
    •  अङ्ग प्रत्यंग परिपूर्ण भएको शरीर हुनेछ ।
    •  स्वच्छ र सुन्दर शरीर हुनेछ ।
    •  हेर्दाखेरि नै मनलाग्दो सुन्दर रुप भएको हुनेछ ।
    •  शूर वीर हुनेछ ।
    •  बल शक्तियुक्त हुनेछ ।
    •  अर्काको हातबाट मर्नुपर्नेछैन ।
    •  परिवारमा सदस्य बढ्नेछ ।
    •  रोग ब्याधि कम हुनेछ ।
    •  मनपर्नेहरुबाट वियोग हुनुपर्नेछैन ।
    •  दीर्घायु हुनेछ ।
  2. चोरी नगरिँदाका चारवटा फल
    •  धन सम्पत्ति पूर्ण हुनेछ ।
    •  भएको धन सम्पत्ति स्थिर हुनेछ ।
    •  इच्छा गरेको वस्तु सजिलैसित प्राप्त गर्न सकिनेछ ।
    •  राजा, पानी, आगो, चोर र शत्रुहरुबाट केही गर्न नसकिने रुपबाट धन प्राप्त भइरहनेछ ।
  3. व्याभिचार नगरिँदाका सातवटा फल •  शत्रु भनेकै नभई सबैसंग हेलमेल हुनेछ ।
    •  सुखपूर्वक सुत्न सक्नेछ ।
    •  सुखपूर्वक उठ्न सक्नेछ ।
    •  स्त्रीभाव र नपुंसकभाव हुनबाट बच्नेछ ।
    •  चारवटा दुर्गतिबाट बच्नेछ ।
    •  इज्जत हुने गरी स्त्री-पुरुषका परस्परमा प्रेम भइरहनेछ ।
    •  धन्दा सुर्ता नभई सुखपूर्वक बस्न सक्नेछ ।
  4. झुठ कुरा नबोलिँदाका पाँच फल •  विशेषरुपले आँखा आदि इन्द्रिय सुन्दर हुनेछन् ।
    •  तल माथि नपरी क्रमबद्ध मिलेका दाँत हुनेछन् ।
    •  दुब्लो मोटो नभई ठिक्कको शरीर हुनेछ ।
    •  कमलको फूल झैँ सुगन्धित वास्ना आउने मुख हुनेछ ।
    •  नोकर चाकर र परिवारहरुले उसको कुरा सुन्नेछन् ।
  5. सुरापान नगरिँदाका नौवटा फल •  गर्नुपर्ने काम सबै विस्मृत नभई सजिलै नै याद हुनेछ ।
    •  अलसी हुँदैन ।
    •  लाटो र गोंजेंग्रो हुनेछैन ।
    •  ज्ञान बुद्धि भएको हुनेछ ।
    •  ईर्ष्या गर्नेबाट रहित हुनेछ ।
    •  बेहोश हुँदैन ।
    •  शान्त स्वभावको हुनेछ ।
    •  नराम्रो काममा लाग्न लज्जा भय हुनेछ ।
    •  इज्जत हुने कुरामात्र गर्ने बानी भएको हुनेछ ।  
पन्चशिलको पालना नगर्दा हुने बेफाइदाहरु:
  1. प्राणी हिंसा गर्दाका उन्नाइसवटा विपाक •  मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी अति नै दु:ख कष्ट भोग गर्नुपर्नेछ ।
    •  नरकबाट मुक्त भएर मनुष्य जन्म लिन पाए पनि अङ्ग-प्रत्यङ्गहीन भई जन्म लिनुपर्नेछ ।
    •  सुन्दर रुप नभई विरुप भई जन्म लिनुपर्नेछ ।
    •  हात, खुट्टा टेढो भई दुर्बल भई जन्म लिनुपर्छ ।
    •  खुट्टाको औंलाको टुप्पामा कुष्ठरोग सहित जन्म लिनुपर्नेछ ।
    •  जसजसले देख्छ-त्यसत्यसले प्रत्येक देखाइमा रीसले देख्नेछ ।
    •  नरम शान्त स्वभाव भन्ने हुँदैन ।
    •  रुप लक्षणको नभएर अलक्षणको हुनेछ ।
    •  सभाको बीचमा शूरु नभएर काथर हुनेछ ।
    •  बोल्ने बेला स्पष्ट कुरा गर्ना नसक्नाले थुप्रै मान्छेले गिज्याउनेछन् ।
    •  बल शक्तिहीन हुनेछ ।
    •  लाटाले जस्तो कुरा गर्नेछ ।
    •  दाजु-भाई, इष्ट-मित्र परिवारहरु नाश भई एक्लो दु:खी जीवन बिताउनुपर्नेछ ।
    •  आफूलाई फाइदा हुने काम खोज्न जाँडा अलसी लाग्नेछ ।
    •  दु:खपूर्वक धनधान्य अन्न अलिकति संचय गरिराखेको पनि परजनहरुले ठगी वा खोसी   खाइदिनेछन् ।
    •  अरुको छ: प्रकारको प्रयोगद्धारा मरण हुनेछ ।
    •  आफ्ना अति नै प्रिय भइराखेका स्वास्नी र छोरा-छोरीहरुसंग अलग भइ बस्नुपर्नेछ ।
    •  आमाको गर्भमै बसी मरण हुनुपर्नेछ ।
    •  जन्म भएको नौ दश वर्षभित्रमा मरण हुनुपर्नेछ ।
  2. परधन चोरिँदाका सातवटा विपाक •  मरेपछि नरक, प्रेत, तिर्यक र असुर अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी ठूलो दु:ख कष्ट भोग्नुपर्नेछ ।
    •  मनुष्य भएर जन्मँदा पनि दरिद्र दु:खी भई बस्नुपर्नेछ ।
    •  अति नै दु:ख कष्ट भोगी दुई चार पैसा कमाइराखेको धन पनि स्थिर हुँदैन ।
    •  दुई चार पैसा पनि अति नै दु:ख कष्ट भोगेर मात्र प्राप्त गर्न सकिनेछ ।
    •  राजा, पानी, आगो, चोर र शत्रुबाट भय उत्पन्न हुनेछ ।
    •  संसारमा जातमध्ये नीच जात भएका कुलमा जन्म लिई दु:ख कष्ट भोग्नुपर्नेछ ।
    •  खाने, पिउने केही नभई भिखारी बनी भिक्षा मागी खानुपर्नेछ ।
  3. व्यभिचार गर्दाका सातवटा विपाक •  मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी धेरै समयसम्म ठूलो दु:ख भोग्नुपर्नेछ ।
    •  धेरै प्राणीहरुका शत्रु भई बस्नुपर्नेछ ।
    •  धेरै मानिसहरुबाट मन नपराई अप्रिय भई बस्नुपर्नेछ ।
    •  परजनहरुबाट खाने, पिउने, लाउने नपाई त्यसै बस्नुपर्नेछ ।
    •  सुखपूर्वक सुत्न पाइनेछैन ।
    •  सुखपूर्वक उठ्न पाइनेछैन ।
    •  नपुंसक भई जन्म लिनुपर्नेछ ।
  4. असत्य कुरा गर्दाका सातवटा विपाक
    •  मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी अति नै दु:ख कष्ट भोग्नुपर्नेछ ।
    •  नरकबाट मुक्त भई मनुष्य भई जन्मेता पनि नीच कुलमा जन्म भई विरुप हुनुपर्नेछ ।
    •  लाटो बक नफुट्ने भई जन्म लिनुपर्नेछ ।
    •  दाँतको पंक्ति बाङ्गो टिङ्गो परी प्रष्टरुपमा कुरा गर्न नसकिने हुनेछ ।
    •  शरीर अति मोटो तथा अति पातलो अथवा अति भद्दा र पुड्को भई जन्म लिनुपर्नेछ ।
    •  अति नै दुर्गन्धित शरीर हुनेछ ।
    •  आफूले गरेको पराजनहरुद्धारा सुन्नमा मन लगाइने छैन ।
  5. सुरापन गर्दाका बीसवटा विपाक
    •  मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी ठूलो दु:ख कष्ट भोग्नुपर्नेछ ।
    •  नरकबाट मुक्त भई मनुष्यलोकमा जन्म हुन आएतापनि हेतुफललाई केही नबुझी ज्ञानबुद्धिहीन भई जन्मनुपर्नेछ ।
    •  ज्ञान बुद्धि नभएका मूर्खहरुसँग सत्संगत गर्नुपर्नेछ ।
    •  सधैं स्मृति विहीन भई बस्नुपर्नेछ ।
    •  सधैं अलसी भई बस्नुपर्नेछ ।
    •  सधैं मूर्ख बदमास भई बस्नुपर्नेछ ।
    •  जहाँ जहाँ जन्म हुन्छ त्यहाँ त्यहाँ बहुलाउनुपर्नेछ ।
    •  समाधि नभएको (चित्तस्थिर नभएको) भई मनुष्यगति नाश भई बस्नुपर्नेछ ।
    •  अति द्धेषी र अति क्रोधी भई जन्मनुपर्नेछ ।
    •  हात खुट्टा शरीर सुन्निएर अति नै गह्रौं शरीर भई बस्नुपर्नेछ ।
    •  राजा, पानी, आगो, चोर र शत्रुबाट भयभीत भई बस्नुपर्नेछ ।
    •  बांगो मन, ईर्ष्यालु चित्त भई जन्मनुपर्नेछ ।
    •  असत्य कुरा गर्ने हुनेछ ।
    •  अरुलाई चुग्ली गर्ने हुनेछ ।
    •  परउपकारलाई नचिन्ने हुनेछ ।
    •  दान गर्न नजान्ने, शील पालन गर्न नजान्ने भई जन्मनुपर्नेछ ।
    •  पाप गर्नमा लज्जा नभएको र पापदेखि नडराउने हुनेछ ।
    •  सम्यक् मार्ग नदेखी मिथ्यादृष्टिक हुनेछ ।
    •  उपकार हुने काममा बुद्धि भ्रष्ट भई बस्नुपर्नेछ ।
    •  दुष्ट र नीच कर्म गर्ने हुनेछ ।
सन्दर्भ सामग्री: परियतिशिक्षा । The Sherpaworld.com

No comments:

Post a Comment